Header Ads

Nepal, Pakistan gave 181-run target

भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

नेपालले पाकिस्तानलाई दियो १८१ रनको लक्ष्य


१४ चैत, काठमाडौं । बंगलादेशमा जारी एसीसी इमर्जिङ नेशन्स कप क्रिकेट अन्तर्गत आफ्नो पहिलो खेल खेलिरहेको नेपालले पाकिस्तान यू-२३ टोलीसमक्ष १८१ रनको बिजय लक्ष्य पेश गरेको छ ।

 पाकिस्तानी टोलीले केहिबेरमा जवाफी ब्याटिङ गर्दैछ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १८० रनको योगफल तयार गर्‍यो । 

सुरुवाती तीन ब्याट्सम्यान सस्तैमा आउट भएपनि नेपालका लागि ओपनर सुनील धमला र अनुभवी ब्याट्सम्यान शरद भेषावकरले इनिङ संहालेका थिए ।

 ओपनर तथा कप्तान ज्ञानेन्द्र मल्ल २, सागर पुन ४ र दिपेन्द्र सिंह ऐरी १४ रनमा पेविलियन फर्किएपछि आएका शरदले सुनीलसँग मिलेर पारी उकासेका थिए । सुनीलले १२६ बलमा ४३ र शरदले ५८ बलमा ३८ रनको योगदान गरे ।

 त्यस्तै विकेटकिपर ब्याट्सम्यान बिनोद भण्डारीले नेपालको खातामा २४ रन जोडे । उनले ३१ बल खेलेर १ छक्का प्रहार गरे ।

 आरिफ शेखले १८ रनको योगदान गरे । नेपाललार्इ यस्तैमा समेट्ने क्रममा पाकिस्तानमा गुलाम मुदासार एक्लैले ५ विकेट लिए भने उसामा मिरले पनि २ विकेट लिए ।


 २०७३ चैत १४ गते १२:१३ मा प्रकाशित  ओन्लैन खबर बाट सबार 
Powered by Blogger.