Chief Election Commissioner Yadav adds: Looking to know the election comes Madhesi Front (Video) "The issue of the election is successful front '
भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
![]() |
प्रमुख निर्वाचन आयुक्त यादव भन्छन्ः हेर्दै जानोस् मधेसी मोर्चा चुनावमा आउँछ (भिडियोसहित)
१२ चैत, बिराटनगर । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले मधेसी मोर्चा चुनावमा आउने दाबी गरेका छन् । शनिबार बिराटनगर आइपुगेका प्रमुख आयुक्त यादवले पत्रकारहरुसँग भने- ‘तपाईंहरु हेर्दै जानोस्, मोर्चा पनि आउँछ निर्वाचनमा ।’
तर, मधेसी मोर्चा चुनावमा आएन भने पनि चुनाव सफल भईछाड्ने यादवले बताए । उनले भने- ‘मोर्चाको सहभागिता नभए पनि निर्वाचन त सफल हुन्छ ।’
केही साताअघि सप्तरीमा आफ्नो घरमा मधेसी मोर्चाका कार्यकर्ताले तोडफोड गरेको घटनालाई यादवले ‘सामान्य’ भन्दै चुनावमा त्यस्ता घटनाहरुलाई ठूलो रुपमा लिन नहुने बताए ।
यादवको भनाइ उनकै शब्दमाः
अघिल्लोपटक काठमाडौंमा गाडीको सिसा पनि फोडियो, त्यतिबेला पनि निर्वाचन गरेकै हो । म त्यसबेला निर्वाचन आयोगको सदस्यका रुपमा निर्वाचन कार्यमा सहभागी भएको थिएँ ।
यसपालि पनि मधेसी साथीहरु, तपाई पत्रकार साथीहरुले पनि यो कुरा बुझिराख्नुभएको छ, अब आन्दोलन गर्दाखेरि कसको के-के हुन्छ, म काठमाडौंमा थिएँ, मेरा केटाकेटीहरु राजविराजमा थिए ।
घरमा अब त्यस किसिमको घटना भयो । अब त्यसैलाई निहुँ बनाउन पनि भएन । त्यो एउटा आक्रोश थियो, भयो । त्यसलाई हामीले अन्यथा लिएका छैनौं ।
विभिन्न राजनीतिक दलहरुको उपस्थिति कहाँ छ छैन भन्ने कुरामा हाम्रो ‘कन्सर्न’ भन्दा पनि निर्वाचनको बेलामा राजनीतिक दलहरु सबै आउनुपर्छ ।
अहिले मधेसमा जुन समस्या छ, त्यो समस्याको समाधानका लागि पनि हामी सबैले ‘एप्रोच’ गरिराखेका छौं । किनकि निर्वाचन आयोगको पनि एउटा कर्तव्य के हो भने राजनीतिक दलहरुवीच सहमति, समन्वयन र सहकार्य हुनुपर्छ । किनकि, दलीय आधारमा स्थानीय तहको निर्वाचनको जो कल्पना गरिएको छ र संविधानमा जुन व्यवस्था छ, त्यसमा दलको सहभागितालाई प्राथमिकतामा राखिएको छ ।
दलहरुवीचको सहयोग, समन्वय सदभावलाई हामीले बढीभन्दा बढी ‘प्रमोट’ गर्नुपर्छ । त्यसका लागि हामीले आह्वान गरिराखेका छौं ।
अब कुन दलले कहाँ भाग लिन्छ, लिँदैन, अवस्था कमजोर छ, यो बलियो अवस्था हुँदै जान्छ क्रमशः । यसलाई जीर्ण नपारौं, बलियो पारौं । यसका लागि सबैले सहयोग गरौं ।
मोर्चाको सहभागिता नभए पनि निर्वाचन त सफल हुन्छ । तपाईहरु हेर्दै जानोस् न, मोर्चा पनि आउँछ निर्वाचनमा । म विश्वस्त छु ।
२०७३ चैत १२ गते १९:१९ मा प्रकाशितओन्लैन खबर बाट सबार गरियको