Header Ads

US visa Trump certain that the new odasah 5

भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

अमेरिकी भिसामा ट्रम्पको नयाँ ओदशः ५ खास कुरा


          २४ फागुन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मुस्लिम बहुल ६ देशका नागरिकलाई अमेरिका आउन नयाँ भिसा नदिने नयाँ आदेश जारी गरेका छन् । तर, जोसँग भिसा वा ग्रिनकार्ड छ, उनीहरुलाई भने रोकिने छैन । यो आदेश सिरिया, सुडान, इरान, लिबिया, सोमालिया र यमनबाट आउनेहरुमा लागू हुनेछ । जनवरीमा जारी सूचीमा इराकको पनि नाम थियो तर, यो पटक हटाइएको छ । ट्रम्पको नयाँ आदेशलाई पहिलाको तुलानामा केही हदसम्म नरम मानिएको छ । तर, कयौं मानवअधिकारवादी समूहले यसको पनि विरोेध गरेका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पको यो आदेश अघिल्लो आदेशको तुलानामा कम्तिमा ५ कुरामा भिन्न देखिएको छ । 

 १. यो पटक प्रतिवन्धित देशको सूचीमा ६ देश छ । विदेश विभाग र रक्षा मन्त्रालयको सल्लाहमा इराकलाई यो सूचीमा समावेश गरिइको छैन । यो आदेश सिरिया, सुडान, इरान, लिबिया, सोमालिया र यमनबाट आउनेहरुमा लागू हुनेछ । 

 २. यो आदेशमा ६ देशबाट आउनेहरुसँग यदि पहिले नै गि्रनकार्ड वा भिसा छ भने उनीहरुलाई रोकिनेछैन । यसअघि भिसाधारीलाई पनि रोकिएको थियो, जसका कारण विश्वभर नै हंगामा भएको थियो । 

 ३. सिरियाबाट आउने शरणर्थी, जसलाई पहिले नै अनुमति दिइएको छ, उनीहरुलाई पनि रोकिने छैन । साथै सिरियाली शरणार्थीलाई पनि अरु देशबाट आउने शरणार्थीहरुलाई जस्तै १२० दिनसम्म रोक लागू हुनेछ । जनवरीको आदेशमा यो रोक अनिश्चितकालीन थियो । 

 ४. यस पटकको आदेश तत्काल लागू हुने छैन, १० दिनपछि अर्थात १६ मार्चमा लागू हुनेछ । यसले एयरपोटमा रोक्नका साथै सबै एजेन्सीले एकै योजना अनुसार काम गर्न सकिने अनुमान गरिएको छ । 

 ५. यो पटक प्रतिवन्धित मुसलमान बहुल देशबाट ईसाई शरणार्थीहरुलाई आउन छुट दिइएको छैन । यो यसकारण गरिएको छ कि धर्मकै आधारमा भेदभाव गरियो भनेर अदालतमा कसैले चुनाती दिन नसकोस् । 




२०७३ फागुन २४ गते ९:०९ मा प्रकाशित      ओन्लाइन खबर बाट सबार गरियको
Powered by Blogger.