Foreign tourists and stained with Holly, View
भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
![]() |
२९ फागुन, पोखरा । रंगहरुको पर्व होली नेपालीहरुको प्रमुख चाडमध्येको एक हो । खासगरी हिन्दु धर्मावलम्बीहरुले एकअर्कामा रंग दलेर मनाउने यो चाड विदेशीहरुले रमाइलो गरी मनाएका छन् ।
नेपाल घुम्न आएका विदेशी पर्यटकहरु पोखरा शहरमा रंगिएको देखियो । उनीहरुले ‘ह्याप्पी होली’ लेखिएका सेता टिसर्ट लगाएका थिए र एकअर्कालाई रंग अबिर दलिरहेका थिए ।
सहभागी विदेशी पर्यटकहरु सकभर आपसमा रंग दलेर शुभकामना साटासाट गर्दथे । तर नेपालीले लगाएको रंगलाई पनि हार्दिकतापूर्वक ग्रहण गर्दै शुभकामना आदानप्रदान गर्न चुकेनन् । नेपालीले विदेशी पर्यटकलाई सकभर अनुमतिमा नभएपनि मौका छोपेर रंग दलेरै छोड्दा बिदेशी पर्यटक भने रमाइलो मान्दै हृयाप्पी होली भन्दै थिए । होली फेष्टिवलमा नेपालीको बाक्लो उपस्थिति थियो भने बिदेशी पर्यटकको पनि उल्लेख्य उपस्थिति थियो ।