Header Ads

Chinese President Xi met with severe and fixed, it is the agenda of his visit to China

भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

प्रचण्ड र चिनियाँ राष्ट्रपति सीको भेट तय, यस्तो छ चीन भ्रमणको एजेण्डा



५ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्को साताबाट सुरु हुने चीन भ्रमणका क्रममा राष्ट्रपति सी जिनपिङलाई भेट्ने तय भएको छ ।

 बोआओ सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड १० गते चीन जानेछन् । दोस्रो पटक प्रधानमन्त्री भएपछि उनको यो पहिलो चीन भ्रमण हुनेछ ।

 प्रचण्डको नेतृत्वमा परराष्ट्रमन्त्री प्रकाशशरण महतसहितको सानो टोली जाने तय भएको प्रधानमन्त्री निकट स्रोतले बताएको छ ।

 प्रधानमन्त्री प्रचण्डले १२ गते बोआओ फोरमलाई सम्बोधन गर्नेछन् । भोलिपल्ट बेइजिङ आएर राष्ट्रपति सी जिनपिङलाई भेट्ने तय भएको छ ।

 प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति सीको भेटलाई महत्वका साथ हेरिएको छ । प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति सीको भेटमा वान बेल्ट वान रोड अवधारणामा हस्ताक्षर हुने सम्भावना छ । वान बेल्ट वान रोडमा भारतले समर्थन जनाएको छैन, जसका कारण चीनले नेपालको समर्थन खोज्दै आएको छ । तर, व्यापार तथा पारवहन सम्झौताको प्रोटोकलमा हस्ताक्षर भने नहुने भएको छ ।

 प्रचण्डको भ्रमणका क्रममा चीनका प्रधानमन्त्री र विदेशमन्त्री न्यूजिल्याण्ड भ्रमणमा हुने भएकाले प्रोटोकलमा हस्ताक्षर नहुने पक्का जस्तै भएको छ ।

 नेपाली पक्षले अन्तरदेशीय रेलवे लाइन लगायतका एजेण्डालाई पनि प्राथमिकता दिएको छ । केरुङ-काठमाडौं- लुम्बिनी रेलको डिपीआरका लागि सम्झौता गर्ने एजेन्डा नेपाली पक्षको प्राथमिकता छन् ।
 २०७३ चैत ५ गते २०:५९ मा प्रकाशित      ओन्नलाइन खबरबाट सबार गरिए
Powered by Blogger.