The opposition decided to fight to resist the politics of avoidance 9 parties
भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
![]() |
२५ फागुन, काठमाडौं । नेकपा एमाले नेतृत्वको विपक्ष गठबन्धनले संयुक्त लोकतान्त्रिक मधेस मोर्चाको पछिल्लो कदमको डटेर मुकाबिला गर्ने भएको छ ।
सप्तरी घटनापछि समिक्षा गर्न बसेको एमालेसहितका विपक्ष गठबन्धन बैठकले मधेसी मोर्चाले निषेधको राजनीति गरेको जिकीर गर्दै डटेर मुकाबिला गर्ने निर्णय गरेको हो । सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा बुधबार बसेको विपक्ष गठबन्धनको बैठकमा एमाले नेताहरुले पार्टीको मेची-महाकाली अभियानबारे जानकारी गराएका थिए ।
सप्तरी घटनाको निन्दा गरिएको र मधेसी मोर्चाले गरेको निषेधको राजनीतिको डटेर मुकाबिला गर्ने निर्णय लिइएको एमाले संसदीय दलका उपनेता सुवाष नेम्वाङले जानकारी दिए । बैठकमा विपक्ष ८ दलले मेची- महाकाली अभियानलाई निरन्तरता दिने एमालेको निर्णयको पनि स्वागत गरेका थिए ।
विपक्ष गठबन्धनका नेताहरुले सप्तरी घटनाको न्यायिक छानबिन गरी दोषी उपर कडाकारबाही गर्न पनि माग गरेका छन । एमाले नेतृत्वको विपक्ष गठबन्धनमा नेकपा माले, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी लगायतका दलहरु आवद्ध रहेका छन् । उनीहरुले सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव पारित हुनै नदिने अडान पनि राख्दै आएका छन् ।
२०७३ फागुन २५ गते १६:३२ मा प्रकाशितओन्लाइन खबर बाट सबार गरियको