Header Ads

To cheat the student made this wonder, diksanarimai government will be compelled to change the word means

भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

चिट चोर्ने विद्यार्थीले पारे यस्तो हैरान, डिक्सनरीमै शव्दको अर्थ बदल्न सरकार बाध्य
हामीकहाँ सुरु भएको एसइइ परीक्षमा विद्यार्थीहरुले लगेका बोराका बोरा चिट बरामद भैरहेका छन् । विद्यार्थीले चिट चोर्ने यो परम्परा हामीकहाँ मात्र होइन रहेछ ।

 देश काल परिस्थिति अनुसार चिट चोर्ने तरिका मात्र फरक हुँदो रहेछ, तर रोग जहाँतहीँको उस्तै रहेछ । हेर्नुस त, विद्यार्थीहरुलाई चिट चोर्नबाट रोक्नका लागि शव्दकोषमा विद्यमान शव्दको अर्थ नै बदल्नुुपरेको छ । 

यो अनौठो घटना रोमानियाको हो । त्यहाँका अधिकारीहरुले रोमानियन अनलाइन डिक्सनरीमा भएका केही शव्दका अर्थहरु बदलिदिएका छन् ।

 विद्यार्थीहरुले परीक्षामा चिट चोर्नका लागि अनलाइन डिक्सनरीको प्रयोग गर्ने गरेको पाइएपछि चिट चोर्न अत्यधिक प्रयोग हुने केही शव्दहरुका अर्थ नै परिवर्तन गरिएको छ ।

 गत सोमबार भएको देशव्यापी कक्षा ८ को परीक्षामा गत वर्षमा झैँ डिइएक्स अनलाइन डिक्सनरीका केही शव्दको सर्च निकै उच्च दरमा बढेको थियो ।

 परीक्षाको दिन अनलाइन डिक्सनरीमा केही शव्दको सर्च उच्च रुपमा बढ्नुलाई अधिकारीहरुले विद्यार्थीले चिट चोर्नका लागि त्यसको प्रयोग गर्ने गरेको आशंका गरे ।

 परीक्षा चलिरहेको ९ देखि ११ बजेको समयमा तिनवटा शव्दको खोजी सबैभन्दा उच्च दरमा बढेको पाइएपछि अधिकारीहरुले अनलाइन शव्दकोषका ती तिनवटा शव्दको परिभाषा पूूर्णरुपमा बदलिदिएका छन् । त्यसमध्ये भन्ने रोमानियन शव्दको वास्तविक अर्थ यत्रतत्र भन्ने हुन्छ ।

 तर अब अनलाइन डिक्सनरीमा त्यसको अर्थ परिवर्तन गरी अर्थात् अनन्त वा सधैंभरी भन्ने बनाइएको छ । त्यस्तै to spot भन्ने क्रियापदको अर्थ समेत संसोधन गरी to rush भन्ने गराइएको छ । कक्षा ८ को परीक्षा सुरु हुनुुअघि यी दुुइवटा शव्दको अनलाइन डिक्सनरीमा खोजी संख्या जम्मा ९ थियो ।

 जब परीक्षा सुरु भयो तब यी शव्दको अनलाइन सर्च ह्वात्तै बढेर सयौँको संख्यामा पुुग्यो । स्मरण रहोस् परीक्षामा यी दुुईवटा शव्द दिएर त्यसको अर्थ सोधिएको थियो ।

 तर परीक्षामा नसोधिएको एउटा शव्दको खोजी पनि परीक्षा अवधिमा निकै बढ्यो । त्यो शव्द थियो, treachery अर्थात् षडयन्त्र ।

 अधिकारीहरुले त्यो शव्द पनि परीक्षामै सोधिएको भन्ने ठानेर त्यसको समेत परिभाषा बदलिदिए । तर वास्तवमा भएको के रहेछ भने त्यस बिहान एक चर्चित रोमानियाली लेखकले आफ्नो ब्लगमा उक्त शव्दको प्रयोग गरेका रहेछन्, जसका कारण उक्त शव्द भाइरल बनेको रहेछ । अधिकारीहरुले त्यसलाई दुुर्भाग्यपूर्ण संयोग भनेका छन् । 

 बीबीसी

 २०७३ चैत ६ गते १२:०६ मा प्रकाशित
Powered by Blogger.