Header Ads

The present to introduce a constitutional amendment passed hudainah Kamal Thapa

भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

अहिलेकै संविधान संशोधन बिधेयक पारित हुदैनः कमल थापा
२७ फागुन,काठमाडौं । राप्रपा अध्यक्ष तथा उपप्रधानमन्त्री कमल थापाले संसदमा बिचाराधीन संविधान संसोधन यथास्थितिमा पारित नगर्ने पार्टीको अडान यथावत राखेरै आफू सरकारमा सहभागी भएको बताएका छन् ।

 शुक्रवार स्थानीय विकास मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले यथास्थितिमा संविधान संसोधन बिधेयक पारित नगर्ने राप्रपाको अडान यथावत रहेको बताए । उनले भने- ‘अहिलेको बिधेयक पारित नगर्ने अडान यथावत छ । सबैलाई मान्य हुने नयाँ मिलन बिन्दू खोजिन्छ ।’

 आफू संविधान कार्यन्वयन र निर्वाचन गराउनकै लागि सरकारमा सहभागी भएको थापाले दावी गरे । उनले सबैलाई चुनावमा सहभागी हुने वातावरण बनाउन आफूले पहल गर्ने बताए । 

 थापाले भने-‘सबैलाई चुनावमा सहभागी हुने तावारण बनाउने र अशन्तुष्ट मधेसी मोर्चालाई चुनावमा भाग लिनका लागि मिलन बिन्दू खोज्ने काम मेरो हुनेछ । अब नयाँ मिलन बिन्दू खोज्नुपर्छ ।’

 २०७३ फागुन २७ गते १२:३६ मा प्रकाशित
Powered by Blogger.