Header Ads

If the top two opposition leaders, journalists terror-riot

भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

मधेसी मोर्चाका शीर्ष नेताले भने-पत्रकारले आतंक मच्चाए, संशोधन नभई चुनावमा जान्नौं
१० बैशाख, बिराटनगर । मधेसी मोर्चाका शीर्ष दुई नेताले संविधान संशोधन नभए आफूहरु चुनावमा सहभागी नहुने बताएका छन् ।

 मधेसी मोर्चासँग भएको सहमति अनुसार सरकारले संविधान संशोधन विधेयक परिमार्जन गरेको छ भने स्थानीय तहको निर्वाचन दुई चरणमा गर्ने निर्णय गरेको छ । तर, मोर्चाका नेताहरुले धम्की दिन छाडेका छैनन् । 

आइतबार बिराटनगरमा आयोजित विरोधसभामा राष्ट्रिय जनता पार्टीका अध्यक्ष महन्थ ठाकुर र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन नभई चुनावमा नजाने बताए । 

 संघीय समाजवादी फोरम अध्यक्ष यादवले भने, ‘संविधान संशोधन नहुन्जेलसम्म चुनाव यो मुलुकमा हुँदैन र चुनावमा हामी सहभागी हुँदैनौं ।’ मधेसी मोर्चाका अन्य दलप्रति संकेत गर्दै उनले ‘अलिअलि लोभिपापी कोही-कोही होलान्’ उनीहरु मात्र चुनावमा जाने बताए । 

 मधेसी मोर्चामा आवद्ध राष्ट्रिय जनता पार्टीका अध्यक्ष ठाकुरले आफूहरुलाई अलग-थलग गर्न प्रयास भएको भन्दै भने, ‘संविधान संशोधन विना कुनै चुनाव हुँदैन ।’ 

 सरकारसँग सहमति नभएको दाबी साथै उनले आफूहरुको माग सम्बोधन नभएसम्म सरकारको सबै आदेशको अवज्ञा गर्ने चेतावनी दिए । 

 दुबै नेताले सरकार र मधेसी मोर्चाबीच सहमति भएको भन्दै पत्रकारले भ्रम फैलाएको आरोप लगाए । ‘पत्रकार मित्रहरुले आतंक मच्चाएका छन्, मोर्चा गठबन्धनसँग सहमति भयो, अब चुनावमा जान्छ भनेर’ संघीय गठबन्धन र संघीय समाजवादी फोरम अध्यक्ष यादवले भने, ‘हामीले कुनै सम्झौता गरेका छैनौं । जुन प्रचार भएको छ, त्यो गलत हो ।’ 

 उनले अघि भने, ‘साँचो के हो भने हिजो वार्तामा हाम्रा साथीहरु प्रधानमन्त्रीलाई संविधान संशोधन गर्नुस् र हाम्रा मुद्दाहरु सम्बोधन गर्नुस् भनेर सुझाव दिएका थिए ।’ सभामा राजपा अध्यक्ष ठाकुरले पनि सहमति भयो भन्दै ढोल बजाइएको भन्दै भने, ‘जुन सहमति भएको छ, त्यसलाई लागू गर्नुस् । त्यसपछि मात्र नयाँ सहमति हुन्छ ।’ 


 २०७४ वैशाख १० गते १९:४२ मा प्रकाशित       शाभर ओन्लैन खबर बाट 
Powered by Blogger.