Header Ads

The world's longest 'lingadhari', the dream to become pornastara

भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

विश्वकै सबैभन्दा लामो ‘लिंगधारी’, पोर्नस्टार बन्ने धोको

मेक्सिकोका ५४ वर्षीय रोबर्टो इस्क्वीभेल काब्रेराले जीवनमा कहिल्यै सेक्सको मज्जा लिन पाएका छैनन् । कारण, उनको लिंग यति लामो छ कि कसैले आँट्नै सक्दैन । घुँडासम्म आउने १८.९ इन्चको लिंग बोकेर बाँचिरहेका रोबर्टोलाई कुनै दुःखमनाउ भने छैन । शल्यक्रिया गरेर उनको लिंग घटाउन सकिन्छ भनेर डाक्टरहरुले भनिरहेका छन्, तर उनी चाहँदैनन् । खासमा उनलाई गर्व छ । सन् २००९ मा आफ्नो लिंगको आधिकारिकता पुष्टी गर्ने क्रममा लम्बाई नापिरहेको उनको भिडियो इन्टरनेटमा भाइरल भएको थियो । उनको आधा मिटरको लिंगले यसअघि अमेरिकी अभिनेता जोना फाल्कोनको नाममा रहेको अनौपचारिक रेकर्ड -उत्तेजित अवस्थामा १३.५ इन्चको र सुषुप्त अवस्थामा ९.५ इन्चको) लाई सजिलै परास्त गरिदियो । तर गिनिज बुक अफ वल्र्ड रेकर्डमज्ञा सबैभन्दा लामो लिंगको विधा नभएकाले उनको रेकर्डले आधिकारिकता पाएको छैन । ‘मलाई गिनिज बुकमा नाम लेखाउने ठूलो रहर छ, तर उनीहरुले यो रेकर्डलाई मान्यता दिएनन्,’ उनले बारक्रोफ्ट टेलिभिजनसँगको अन्तरवार्तामा भनेका छन्, ‘तै पनि म प्रख्यात भइसकेको छु । मेरो जत्रो लिंग विश्वमा कसैको छैन भनेर मलाई गर्व लाग्छ ।’ स्वास्थ्य क्षेत्रका थुप्रै व्यक्तिहरुले उनलाई लिंग छोट्याउन सुझाव दिँदै आएका छन् । डा. जेसस डेभिड सलाजर भन्छन्, ‘हामीले उनलाई बारम्बार भनेका छौं कि तिमी आफ्नो लिंग छोट्याएर सामान्य आकारमा ल्याउ ताकि यौनसम्पर्क गर्दा दुवैलाई कष्ट हुँदैन र तिमीले सन्तान उत्पादन गर्न सक्छौ । तर उनी मान्दैनन् ।’ कसरी यति लामो भयो त रोबर्टोको लिंग ? उनले डाक्टरहरुलाई बताए अनुसार उनी किशोरावस्थादेखि नै आफ्नो लिंगमा गहु्रंगो वस्तु झुन्ड्याएर तन्काउने गर्थे । ‘लिंगको लम्बाईप्रति उनी संवेदनशील थिए । त्यसैले कलिलै उमेरदेखि आफ्नो लिंगको लम्बाई बढाउने अभ्यास गर्न थाले,’ डा. सलाजरले भने । अस्वभाविक आकारको लिंगले गर्दा रोबर्टोलाई अनेक समस्या झेल्नु परिरहेको छ । पिशाव राम्रोसँग ननिखि्रने भएकाले बारम्बार मुत्र संक्रमण हुने गर्छ । बाहिर नदेखियोस भनेर उनी आफ्नो लिंगलाई सँधै ब्यान्डेजले तिघ्रामा बाँध्ने गर्छन् । राति घोप्टो परेर सुत्न सक्दैनन् । लिंगकै कारणले उनी कतिपय कामहरु गर्न सक्दैनन् । सेक्सको कुरा त उनका लागि असम्भव प्राय छ ।
सेक्सका दुई असफल प्रयास
उनी भन्छन्, ‘केही मानिसहरु मलाई सोध्छन् कि मैले कन्डम लगाउने गरेको छ कि छैन ? तर यो यति मोटो छ कि सेक्स सम्भव छैन । अनि कन्डम किन लगाउने ?’ उनले जीवनमा दुइपटा सेक्सको असफल प्रयास गरेका थिए । पहिलो घटनामा उनको ‘यन्त्र’ देख्नासाथ केटी टाप ठोकिन् । दोस्रो घटनामा दुवैलाई यति पीडा भयो कि निकाल्न वाध्य हुनुपर्‍यो । लिंगकै असुविधाले गर्दा उनले कतै रोजगारी पाएनन् । रोबर्टो भन्छन्, ‘म अरुले जस्तो जुन पायो त्यही लुगा लगाउन सक्दिन र घुँडा टेकेर बस्न पनि सक्दिन । छिटो दौडन पनि सक्दिन । त्यसैले मलाई कुनै कम्पनीले काम दिँदैनन् ।’ उनी आफूलाई अशक्त व्यक्ति ठान्छन् । सरकारले सुरुमा अस्वीकार गरे पनि अहिले उनलाई अशक्त व्यक्तिको मान्यता दिएको छ । प्रत्येक चार महिनामा उनलाई सरकारबाट अलिकति भत्ता आउँछ । तर यो पर्याप्त नभएको उनी बताउँछन् । धेरै मानिसहरु उनको लिंग यति लामो छ भनेर पत्याउँदैनन् । उनी भन्छन्, ‘कति मानिसहरु मलाई सोध्छन्, के यो सक्कली नै हो भनेर । म उनीहरुलाई हेर्ने हो त ? भनेर जवाफ दिन्छु ।’ उनको लिंगको आधिकारिकता परिक्षणका लागि छोएर हेरेका थिए डा. गोन्जालेजले । उनी भन्छन्, ‘कतिपय महिलाहरु ठूलो वक्षस्थलका सौखिन भए जस्तै उनी ठूलो लिंगका सौखिन हुन् ।’ साइज मिल्ने केटी भेटिने आशा अमेरिकामा बस्दा २००१ मा रोबोर्टो प्रहरीबाट समातिएका थिए । कम उमेरका दुई केटीहरुलाई आफ्नो लिंग देखाएको आरोप उनीमाथि थियो । त्यसपछि उनी अमेरिका छोड्न वाध्य हुनुपर्‍यो । उनी अहिले फेरि अमेरिका फर्किने सुरमा छन् । एउटा वयस्क मनोरञ्जन कम्पनीले उनलाई लिंग घटाउन आर्थिक सहयोग गर्ने अफर गरेको थियो तर, उनले मानेन् । आफ्नो लागि उपयुक्त केटी भेटिने आशा उनलाई अझै छ । त्यसो त भविष्यमा पोर्न स्टारका रुपमा चिनिने धोको पनि छ उनको । रोबर्टो भन्छन्, ‘म फेरि अमेरिका गएर सेटल हुन चाहन्छु । त्यहाँ धेरै केटीहरु छन् । मलाई साइज मिल्ने एउटी केटी कसो नभेटाउँला ?’ 

 २०७३ माघ ९ गते १४:५२ मा प्रकाशित onlinekhabar baat sabargariyako
Powered by Blogger.