Header Ads

The last rites bucked the 'dead' rose up from

भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

अन्तिम संस्कार चलिरहँदा ‘मृतक’ जुरुक्क उठेपछि

मरेको भनेर कफिनमा राखिएका व्यक्ति एकाएक जुरुक्क उठेपछि देख्नेहरु स्तब्ध बनेका छन् । यो चीनको सिचुवान प्रदेशस्थित जुनलियान काउन्टीमा भएको घटना हो । ‘सास फेर्न रोकिएको र हात-गोडा चिसा भएको’ भनेर ७५ वर्षिय वृद्धलाई उनका छोरा र आफन्तले मृत घोषित गरेका थिए । तर कफिनमा राखेर अन्तिम संस्कार भइरहेका बेला वृद्ध एक्कासी हलचल गर्न थाले । जब कफिनको बिर्को खोलियो वृद्धले जुरुक्क उठेर सोधे, ‘यहाँ के भइरहेको छ हँ ? के मलाई गाड्ने तयारी गरिरहेका छौ ?’ त्यतिबेला भेला भएका मानिसहरु सबै अवाक् बने । अन्तिम संस्कार सुरु भएको आठ घन्टापछि वृद्ध उठेका हुन् । उनलाई श्रद्धान्जली दिन थुप्रै मानिसहरु घरमा जम्मा भएका थिए । अन्तिम संस्कार केहि दिनसम्म जारी रहनेवाला थियो । वृद्ध उठेपछि उनका छोराछोरीले हतार-हतार कफिनबाट निकालेर ओछ्यानमा सुताएका थिए । उनीहरुले आफूहरुले गरेको गल्तिका लागि वृद्धसँग क्षमा मागे । बिरामी अवस्थामा रहेका वृद्ध एकदमै थकित र कमजोर बनेका छन् । उनले दुई दिनदेखि ठोस पदार्थ खान सकेका छैनन् र खोले मात्र खाइरहेका छन् ।

-एजेन्सी २०७३ माघ ३ गते १०:०५ मा प्रकाशित (२०७३ माघ २ गते २१:१०मा अद्यावधिक गरिएको)
Powered by Blogger.