Header Ads

China aboard the ship 1 year ago when the US ...

भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

चीनबाट उडेको १ वर्ष अघि नै जहाज अमेरिका पुगेपछि… 

 समयले पर्खिँदैन, बगेको खोला फर्किँदैन भन्ने उखानै छ । मानिसले जति नै बल गरेपनि बितिसकेको समय फिर्ता ल्याउन सकिँदैन । तर यो धर्तीमा कहिलेकाहीँ समय समेत पछाडि फर्किँदो रहेछ । हालै चीनबाट अमेरिकाका लागि जहाजमा उडेका यात्रुहरुले यहीँ अनुभव गरे ।
सन् २०१७ मा चीनको सांघाइमा जहाज चढेका यात्रुहरु एकवर्ष अघि नै अर्थात् सन् २०१६ मै अमेरिका पुगे । अमेरिकाको सांघाइबाट अमेरिकाको सन फ्रान्सिस्कोका लागि उडेको युनाइटेड एयरलाइन्सको यु ए ८९० को जहाज उडेको एकदिन अघि नै गन्तव्यमा पुगेको हो । चीनमा जनवरी एक सुरू भएपछि उडेर अमेरिका पुग्दा पनि अमेरिकामा सन् २०१६ नै बाँकी थियो । यसो हुनुको कारण टाइम जोन हो उक्त जहाज जनवरी १ मा सांघाइबाट उडेको थियो । तर ३१ डिसेम्बरमै सन फ्रान्सिस्को पुग्यो । सांघाइबाट सनफ्रान्सिस्कोको उडान समय ११ घण्टा ५ मिनेटको हो । जबकी समयको गणनाका हिसाबले सांघाइ सहरको प्रामाणिक समय सन सनफ्रान्सिस्कोको भन्दा १६ घण्टा अघि छ । त्यसैले जनवरी १ मा सांघाइबाट उडेको जहाज सन सनफ्रान्सिस्कोमा पुग्दा त्यहाँ डिसेम्बर ३१ नै थियो । 

 २०७३ पुष २४ गते ११:१७ मा प्रकाशित
Powered by Blogger.