Header Ads

On the first anniversary of the daughter of my mother moved her party

भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

छोरी पहिलोपटक पर सरेको उपलक्ष्यमा आमाले दिइन् पार्टी

हामीकहाँ महिनावारी हुनुलाई अपवित्र मानिन्छ । अझ पहिलोचोटी महिनावारी हुँदा त केटीहरुले घरै छाड्नुपर्ने संस्कार छ । तर अमेरिकामा एक आमाले छोरीको पहिलो महिनावारीलाई उत्सव मनाउने अवसरका रुपमा लिएकी छिन् । उनले आफ्नी छोरीलाई पहिलोचोटी महिनावारी भएकोमा हार्दिक बधाईका साथ ‘सरप्राइज पार्टी’ नै दिइन् । 

 अमेरिकाको फ्लोरिडामा बस्ने १२ वर्षकी ब्रुक ली पहिलोपटक पर सर्दा उनकी आमाले ‘महिनावारी पार्टी’ आयोजना गरेका हुन् । ब्रुकका ठूलोबुवाकी छोरी १७ वर्षकी अटम जेन्किन्सले पार्टीका तस्वीरहरु ट्वीटरमा सेयर गरेकी छन् । उनले लेखेकी छन्, ‘ब्रुकले आज आफ्नो महिनावारी सुरु गरिन् र हाम्रो परिवारले उत्सव मनायो ।’ पार्टीमा ब्रुकलाई एउटा चकलेट केक र पिज्जा दिइएको थियो । केकमा रेड आइसले लेखिएको थियो, ‘तिम्रो महिनावारीका लागि बधाई छ ।’ आमाले उनलाई महिनावारी हुँदा लगाउने टेम्पोन र प्याड उपहार दिइन् । पार्टीमा परिवारका सदस्य र नजिकका आफन्त सहभागी थिए । ब्रुककी आमा सेलीले आफ्नी छोरी पहिलोपटक महिनावारी भएकोमा चिन्ता लिनुको साटो खुशी होउन् भनेर आफूले उनका लागि पार्टी दिएको बताइन् । 

‘मैले यो घटनालाई रमाइलो ढंगले मनाउन खोजेकी हुँ,’ उनले भनिन् । चकलेट केक दिनुको कारणबारे उनले भनिन्, ‘यसमा सेराटोनिन हुन्छ जसले महिनावारी हुँदा फाइदा पुर्‍याउँछ ।’ अटमले आफ्नो ट्वीट भाइरल भएको देखेर चकित परेको बताइन् । उनी भन्छिन्, ‘मेरो परिवार कति मज्जाको र सहृदयी छ भन्ने दुनियाले थाहा पाएकोमा मलाई गर्व लागेको छ ।’ पार्टीको विषयमा उनले गरेको ट्वीटले १२ हजार लाइक पाएको थियो र धेरैलाई प्रभावित तुल्याएको थियो । उनको ट्वीटमा लिब्रा क्वीनले कमेन्ट गरेकी छन्, ‘ओ माइ गड, मलाई यो एकदम मन पर्‍यो । अरु बाबुआमाले पनि यो कुरामा यस्तै उदार र सहयोगी भावना लिनुपर्छ ।’

 २०७३ माघ ७ गते ९:५६ मा प्रकाशित
Powered by Blogger.