CK Raut forming to demand action
![]() |
९ माघ, विराटनगर । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारलेे सीके राउतलाई कारबाही गर्न माग गरेका छन् ।
राउतले स्वतन्त्र मधेसको माग राख्दै गतिविधि गरिरहँदा सरकार मुखदर्शक बनेको उनले बताए । विराटनरमा आइतबार आयोजित कार्यक्रममा पूर्व उपप्रधानमन्त्री गच्छदारले भने, ‘मधेसलाई अलगै देश वनाउने भन्दै हिँड्नु अपराध हो । त्यो कानुन विपरित छ, सरकारले कार्वाही गर्नुपर्छ ।’
केपी शर्मा नेतृत्वको सरकारको पालामा पनि राउतलाई कारवाही गर्नु पर्ने माग उठेको उनले सुनाए ।
फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारले दलहरुबीच स्थानीय तहको निर्वाचनमा सहमति नजुटे संसदको निर्वाचनमा पनि जान सकिने वताएका छन् । ‘स्थानीय निकाय र प्रान्तको चुनावमा सहमति भएन भनेर मुलुकलाई अवरोधको स्थितिमा राख्न सकिन्न’ उनले भने, ‘मुलुकको सम्पुर्ण पद्धतीलाई सुचारु रुपमा अगाडी वढाउन संसदको निर्वाचनमा जानुपर्छ ।’
उनले तत्काल संविधान संशोधन गरेर भएपनि समस्या समाधान गर्नु पर्नेमा जोड दिए ।
२०७३ माघ ९ गते १७:२८ मा प्रकाशित