Header Ads

Stealing your vaiphaimma fun?

भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

तपाईंको वाइफाईंमा चोरको मस्ती ? 

घरको इन्टरनेटमा वाइफाई सेवा जोड्नुभएको छ । पहिले स्पिडमा चलिरहेको वाइफाई स्लो भएको महसुस त भएको छैन ? यो अवस्थामा टाउको समाएर तनाव लिने होइन । गम्भीर भएर सोच्नुहोस् । वाइफाई स्लो हुनुको कारण चोरी पनि हुन सक्छ । यो समस्या अहिले अधिकांशले भोग्ने गरेका हुन्छन् । वाइफाई ह्याक गरेर कसैले मस्ती गरिरहँदा तपाईंले सास्ती भोग्नुपरेको हुन्छ । त्यसैले पत्ता लगाउनुहोस्, कसैले चोरेकै कारण स्लो भयो या अन्य समस्याले ?

 १. सुरुमा आफ्नो वाइफाइ राउटरमा नजर लैजानुहोस् । राउटरमा केही लाइट बलिरहेका हुन्छन् । यीमध्ये एउटा वायरलेस कनेक्टिभिटीको हुन्छ । वाइफाई चोरी भए/ नभएको पत्ता लगाउन सबै वायरलेस डिभाइस बन्द गर्नुहोस् ।

 २. ल्यापटप, कम्प्युटर, स्मार्टफोन, स्मार्ट टिभीजस्ता सबै डिभाइस बन्द गरिदिएपनि मोडेममा भएको वायरलेसको लाइट बल्ने निभ्ने गरिरहेको छ भने कसैले ह्याक गरको अनुमान लगाउन सकिन्छ ।

 ३. यो बाहेक अर्को उपाय पनि छ । राउटर लग–इन गरेर डिएचसिपी क्लाइन्ट लिस्ट हेर्नुहोस् । राउटरभित्र यो लिस्ट हुन्छ । अब आफ्नो घरमा वाइफाई चलाउने मोबाइल, ल्यापटपको संख्या भन्दा बढी संख्यामा आइपी चलेको देखिए कसैले ह्याक गरेको बुझ्न सकिन्छ ।

 ४. वाइफाई ह्याक भएको थाहा पाएपछि तुरुन्त युजर नेम र पासवर्ड परिवर्तन गरिहाल्नुहोस् । यो वाइफाईलाई चोरबाट छुटाउने उपाय हो ।

 ५. अब वाइफाईको नयाँ पासवर्ड राख्नुहोस् । अक्षर र अंक मिलाएर केही असजिलो पासवर्ड राख्नुहोस् । असजिलो पासवर्ड राख्दा आफूले भुलिन्छ भन्ने डर लाग्छ भने डायरीमा टिपेर राख्न पनि सकिन्छ ।

 ६. राउटरको पासवर्ड राख्ने बेला खास विचार पुर्‍याउनुपर्छ । अधिकांशले WPAPSK अप्सन रोजेको पाइन्छ । यो कुनै बलियो अप्सन होइन । ह्याक गर्ने एप्सले यसलाई सजिलै क्रयक गराइदिन्छ । त्यसैले WPAPSK बाहेक त्यहाँ दिएका अन्य बलिया अप्सन रोज्नुपर्छ । जस्तैः WPA2PSL रोज्न सकिन्छ । सेक्युरिटी अप्सन रोज्दा TKIP भन्दा AES अप्सन उत्तम हुन्छ ।

 ७. अझ अर्को बलियो उपाय अपनाउन सक्नुहुन्छ ।राउटरमा लग इन पासवर्ड राख्दा MAC फिल्टरेसन गर्न सकिन्छ । इन्टरनेट चल्ने डिभाइसमा म्याक आइडी हुन्छ । कुन कुन म्याक आइडीमा वाइफाई चलाउनुपर्ने हो, त्यसलाई मात्र राउटरभित्र लिस्टिङ गरिदिन सकिन्छ । यति गरेपछि तोकिएको डिभाइसबाहेक अरुलाई आइपी दिदँन । आइपीको स्पेस नै नभएपछि कसैले ह्याक गर्न सक्दैन ।

 ८. समय समयमा आफ्नो युजर नेम र पासवर्ड परिवर्तन गरिराख्ने गर्नुपर्छ । यसो गर्दा पनि वाइफाईलाई चोरबाट सुरक्षित राख्न सकिन्छ । नयाँ

पत्रिकाबाट २०७३ मंसिर १४ गते १०:२३ मा प्रकाशित
Powered by Blogger.