Acting rejected offer of "tarakarivali 'Kusum chatrabrti
भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
![]() |
काठमाडौं– ‘तरकारीवाली’ को रुपमा भाईरल बनेकी गोरखाकी कुशुम श्रेष्ठलाई स्नातकोत्तर तहसम्मको निशुल्क छात्रवृत्ती प्रदान गरिएको छ । उनलाई नेपाली चलचित्र ‘लम्फू’को तर्फबाट कक्षा ११ र १२ अध्यायनका लागि छात्रवृत्ती प्रदान गरिएको हो । कुशुम अध्ययनरत चितवनको रत्ननगरस्थित क्वेस्ट मोडल कलेजमा आयोजिीत एक कार्यक्रममा उनलाई सो छात्राबृती प्रदान गरियो । चलचित्र ‘लम्फू’ निर्माण कम्पनी पपुलर मल्टी मिडियाले छात्रवृत्तीका लागि क्वेस्ट कलेजसँग सहकार्य गरेको छ । त्यस्तै चलचित्र ‘लम्फू’ काठमाडौको बबरमहलमा रहेको नेपाल मेघा कलेजसँगको सहकार्यतामा स्नातक र स्नातकोत्तर तहमा अध्ययनको पूर्ण छात्रवृत्ती प्रदान गरेको छ । कार्यक्रममा काठमाडौबाट पपुलर मल्टी मिडियाका अध्यक्ष शक्ति बल्दव घोरासैनी, चलचित्रका निर्देशक गोपाल चन्द्र लामिछाने, निर्माता पुनम क्षेत्री गौतम, कलाकार सञ्जीत भण्डारी, साहित्यकार एल.बि. क्षेत्री, कुशुम श्रेष्ठ र क्वेस्ट मोडल कलेजका प्रिन्सिपल जगदिस चन्द्र शर्मा लगायतको सहभागीता रहेको थियो । आफ्नो उच्च शिक्षा हासिल गर्ने सपना छात्रवृत्तीले पुरा गरेको कुशुमले बताइन् । उनले भनिन् ‘उच्च शिक्षा हासिल गरेर देश र आमाबाको मपना साकार पार्नेछु । आयोजक तथा पपुलर मल्टी मिडियाका अध्यक्ष शक्ति बल्दव घोरासैनीले उनको पढ्ने चाहनालाई केहि सहयोग गर्न पाउँदा खुशी लागेको बताए । शिक्षाले भबिष्य निर्धारण गर्ने बताउदै घोरासैनीले उनको आबश्यकतालाई ध्यानमा राखेर छात्राबृती प्रदान गरेको सुनाए । केही पहिले निर्देशक गोपाल चन्द्र लामिछानेले कुशुमलाई ‘लम्फू’ चलचित्र अभिनयका लागि अफर समेत दिएका थिए । तर उनले अफर अस्विकार गरेकी थिइन् । पहिले शिक्षा र पछि जुनसुकै क्षेत्र रोज्न सक्ने भनेपछि उनलाई छात्रवृत्ती दिने निर्णयमा चलचित्र युनिट पुगेको निर्देशक लामिछानेले जानकारी दिए ।