Header Ads

Former Deputy Prime Minister KC microbus fell

भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

पूर्व उपप्रधानमन्त्री केसी माइक्रोबसबाट खसे

 काठमाडौं । पूर्व उपप्रधानमन्त्री एवं राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसी माइक्रो बसबाट लडेर घाइते भएका छन् । पार्टीको केन्द्रीय कार्यालय कपन जाने क्रममा केसी रातोपुलमा माईक्रोबसबाट लड्नुभएको हो । टाउकोमा चोट लागेका केसीको काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचार भइरहेको छ ।
केसीको अवस्था सामान्य रहेको र डाक्टरले भोलिसम्म अस्पताल बस्न सुझाव दिएको जनमोर्चा निकट पत्रिका हाँक साप्ताहिकका कार्यकारी सम्पादक नारायण शर्माले जानकारी दिए । ढोकानेरको सिटमा बसेका केसी चालकले बस मोड्दा लडेका हुन् । लडेर बेहोस भएका केसीलाई स्थानीय बासिन्दाले अस्पताल पु¥याएका थिए । सरकारबाट बाहिरिएपछि पूर्व उपप्रधानमन्त्री केसीले सार्वजनिक यातायात प्रयोग गर्दै आएका छन् ।
Powered by Blogger.