Header Ads

Geopolitical demarcation against Rupandehi, Palpa, Gulmi and Arghakhanchi halt

भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

सीमांकन हेरफेरको विरोधमा रुपन्देही, पाल्पा, गुल्मी र अर्घाखाँची ठप्प
१ पुस, रुपन्देही । सरकारले संसदमा दर्ता गरेको पाँच नम्बर प्रदेशको सीमांकन हेरफेर प्रस्तावको बिरोधमा यसक्षेत्रमा आमहड्ताल शुरु भएको छ । रुपन्देहीमा आन्दोलन र बन्द चर्किएको छ भने गुल्मी १७ औं दिनदेखि बन्द हुँदै आएको छ । पाल्पा र अर्घाखाँचीमा पनि बन्न आयोजना गरिएको हो । संयुक्त संघर्ष समिति रुपन्देहीको आयोजनामा आजदेखि शुरु भएको ३ दिने आमहड्तालले जनजीवन प्रभाबित बनेको छ । बिहानैदेखिको बन्दका कारण शैक्षिक संस्था, कलकारखाना, उद्योग, ब्यवसाय सबै क्षेत्र ठप्प छ । बन्दकर्ताहरु बिहानैदेखि सडकमा उत्रिएका छन् । उनीहरु नेपालको राष्ट्रिय झण्डा बोकेर सडकमा उत्रिएका हुन् । बुटवलको चोक-चोकमा बन्दकर्ता प्रदर्शनमा उत्रिएका छन् भने सुरक्षाकर्मीको संख्या पनि बाक्लो रहेको छ । कुनै अपि्रय घटना हुन नदिन प्रहरीले सुरक्षा सतर्कता बढाएको छ ।

 २०७३ पुष १ गते १३:३१ मा प्रकाशित
Powered by Blogger.